राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, एक्जिट हुने बेला आएको हो ?

१९ भाद्र २०८१, बुधबार १५:०९

काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । पछिल्लो दुई दिन हरियाली भएको पुँजी बजार आज राताम्य भएको हो । शेयर बजारमा आएको गिरावट राजनीति अस्थिरता रहेको तर्क हुँदै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बनेको सरकार ढल्ने चर्चा भएसँगै बजार ओरालो यात्रामा लागि रहेको छ ।

बजारमा आएको गिरावटपछि एक्जिट हुनेहरु समेत झुम्मिएका छन् । सरकार ढलेसँगै लगानीकर्ताले मन पराएका अर्थमन्त्री विष्णु पौडल पनि पदमुक्त हुनेछन् । सोहि त्रासले अहिले अधिकांश लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि भएका हुन् ।

यो समयमा लहलहैमा लाग्दा स–साना लगानीकर्ताको लगानी डुब्ने जानकारहरु बताउँछन् । ठुला लगानीकर्ता बजार बढाएजस्तो गरेर आफु एक्जिट हुने र साना लगानीकर्ता करेक्सन भन्दै शेयर खरिद गर्ने तिर झुम्मिदा लगानी बालुवामा पानी जस्ते हुनेछ ।

यता, नेप्सेमा सूचीकृत कम्पनीहरुको वित्तीय रिपोर्ट समेत सन्तोषजनक देखिदैन । अधिकांश कम्पनीहरु लाभांश नै दिन नसक्ने अवस्थामा रहेका छन् । सोहि कारण पनि वित्तीय विवरण, इपिएस, नेटवर्थ हेरर लगानी गर्ने लगानीकर्ता डराएको अवस्था छ । नाजुक वित्तीय अवस्था रहेका कम्पनीको शेयर मूल्यमा माफियाको चलखेलले आएको उचाई पछिल्ला दिन निरन्तर खुम्चिदै गएको छ ।

बजार ओरालो लागि रहेको बेला नाफा बुक गरेर लगानी सुरक्षित गर्नुपर्ने तर्क जानकारहरुका छन् । यसअघि ३२ बिन्दुमा परिसूचक पुगेर शेयर घट्ने क्रममा एक्जिट नहुने लगानीकर्ता कयौ विदेशीएका छन् भने कयौले आत्माहत्या गरेका छन् । जस तर्फ आम लगानीकर्ताले ध्यान दिनुपर्ने तर्क हुँदै आइरहेका छन् । वित्तीय अवस्थामा बलियो कम्पनी जसले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ त्यस्ता कम्पनीमा लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९०.७३ अकंले घटेर २७३९.४६ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ३.१७ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको ५.१५ प्रतिशत, होटल तथा पर्र्यटन समूहको ४.४७ प्रतिशत, हाइड्रोपावर समूहको ३.५९ प्रतिशतसहित १३ वटै उपसूचक राताम्य भएका हुन् ।

यसदिन बजार उच्च अकंले घटेपनि पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २१३ कम्पनीको शेयर मूल्य घट्दा ३१ कम्पनीको शेयर मात्र बढ्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*