सार्फीको नेतृत्व राष्ट्र बैंकलाई, अध्यक्षमा गभर्नर अधिकारी चयन

१९ भाद्र २०८१, बुधबार १४:२१

काठमाडौं । साउथ एशियन रिजन फाइनान्सियल इन्क्ल्युजन इन्हिटेटिभ (सार्फी) को नेतृत्व नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्षमा चयन भएका हुन् ।

मध्य अमेरिकी मुलुक एज्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलायन्स फर फाइनान्सियल इन्क्ल्युजन (एएफआई) – ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ । सो बैठक अन्तर्गत आयोजित पाचौं सार्फी लिडर्स राउण्डटेबलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो । सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका हुन् ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेढ सीमा सम्पन्न ‘ग्लोलब पोलिसी फोरम’ को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाई अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*