मुक्तिनाथ क्यापिटलको १२ औं साधारण सभा असोज १ गते, लाभांश वितरण मुख्य एजेण्डा
११ भाद्र २०७८, शुक्रबार १२:०३
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यपिटलको साधारण सभा असोज १ गते हुने भएको हो ।
कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्राउन इम्पेरियल, काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्नेछ । साथै सोही आवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक र्निधारण गर्ने एजेण्डा समेत रहेको छ ।