बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढ्यो

११ भाद्र २०७८, शुक्रबार १२:०३

काठमाडौं। । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले बार्षिक प्रतिवेदन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

आर्थिक बर्ष २०७८ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेकोथियो । छघ। २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*