सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

१९ भाद्र २०८१, बुधबार ०८:३४

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्ने छ ।

‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्ष काम गरेको वा ‘ख’ वर्षको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा ‘ख’ वर्गको जिल्ला, प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा आपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गरी १५ दिनभित्र बैंकको इमेल पोर्टल [email protected] मार्फत आवेदन पेश गर्नु पर्नेछ । परीक्षाको किसिम अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतिकरण हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*