यस बर्षको दशैंमा नयाँ नोट विकल्पमा सुकिलो नोट दिने राष्ट्र बैंकको तयारी

१८ भाद्र २०८१, मंगलवार १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ।

बार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोट खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि केन्द्रिय बैंकले नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए।

राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले जानकारी दिएका छन् ।

उनले भने, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ।

याँ नोट छाप्दाको आर्थिक भार कम गर्नुपर्ने तथा डिजिटल कारोबारलाई बढावा दिनुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो।

बैंकमा भएका नोटलाई सर्टिंगु सेतो, पहेंलो र रातो रंगको ट्याग प्रयोग गरिन्छ। सेतो चिन्हको ट्याग भएका नोटलाई सुकिला नोटको रुपमा लिइन्छ भने पहेंलो ट्याग को नोटलाई प्रयोगमा ल्याउन सकिने ठिकै नोटको रुपमा लिइन्छ। त्यस्तै रातो चिन्हको ट्याग भएकालाई प्रयोगमा ल्याउन नसकिने झुत्रोु नोटको रुपमा लिइन्छ।

यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । अब दशैं आउन एक महिना मात्रै बाँकी छ । यो वर्ष असोज २६ गते दशैंको टीकाको साइत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*