पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह

११ भाद्र २०७८, शुक्रबार ११:३५

काठमाडौं । डिप्रोक्ट लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना सार्वजनिक गर्दै विभिन्न साधारणबाट पारित हुदै आएको नगद लाभांश कतिपय शेयरधनीले अहिलेसम्म नलिएको भन्दै लिन आग्रह गरेको हो ।

उक्त लाभांस लिनका लागि आवश्यक कागजात सहित सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गर्न सकिने लघुवित्तले जनाएको छ । साथै, ५ बर्ष देखीको नगद लाभांश समयमै नलिएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*