सहकारी ठगिले रविको सांसद पद गुम्ने खतरा, अदालतले दोषी ठाने चितवनमा फेरि ‘चुनाव’

१८ भाद्र २०८१, मंगलवार ११:००

काठमाडौं । सहकारी ठगि काण्डमा मुछिएका राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि सांसद पद समेत जाने संकट आइलागेको छ । सहकारी ठगिमा लामिछानेको संलग्नताबारे एकपछि अर्को अनुसन्धान भइरहँदा उनी आफैंले दिएको बयानले सांसद पद जाने संकट आइलागेको हो ।

सहकारीको बचत दुरुपयोगबारे संसदीय छानविन समितिले बयान लिएको केही दिनमै कास्की प्रहरीले काठमाडौं आएर लामिछानेको बयान लिएको छ । लामिछाने प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय रुपैयाँ आएको तथ्य प्रहरीले फेला पारेको छ ।

लामिछानेले त्यो बेला सहकारीबाट ऋण लिने रवि लामिछाने आफु नभएको बयान समेत दिन भ्याएका छन् । तर, उनको नाममा ऋण प्रवाह भएका सहकारी संस्थाहरुले गोर्खा मिडिया नेटवर्कको प्रबन्धक रहेकाबखत यिनै रवि लामिछानेले ऋण लिएर रकम दुरुपयोग गरेको बयान दिएका छन् ।

आपसमा बयान बाझिएसँगै अब यो मुद्दा अदालत जाने भएको छ । लामिछानेले सक्छौ भने मलाई थुन, हत्कडी लगाऊ, सकेनौँ भने म तिमीहरुलाई छोड्ने छैन भन्दै हिँडेका छन् । एक जना कानूनका जानकारले बीमापोष्टलाई भने, ‘रवि लामिछाने कारबाहीको दायरामा आउने अवस्था देखियो । प्रहरीले सोझै पक्रिन सक्ने अवस्था हो । गृहमन्त्री भइसकेको मान्छेलाई प्रहरीले त्यसो नगरी अदालत लैजाने काम गर्छहोला ।’ अदालतमा मुद्दा गएपछि उनी दोषी करार हुने र सांसद पद गुम्ने खतरा बढेर गएको छ, त्यो अवस्था लामिछाने आफैंले निम्त्याएको अधिकांश जानकारहरुले भनिरहेका छन् ।

लामिछानेको दोहोरो नागरिकता प्रकरणमा पक्षबाट बहस गरेका अधिवक्ता मधुकुमार चौलागाईंले समेत रविविरुद्ध लागेका समूहको अदालतमा राम्रै उठबस भएका कारण त्यहाँसम्म लैजान सक्छन्, भने । अदालत लगेपनि यस विषयले सांसद पद गुम्ने भन्ने हुँदैन, उनले भनेका छन् ।

तर, चौलागाईंले उपनिर्वाचन हुने अवस्थामा पनि फेरि रवि नै विजयी हुने कुरामा कुनै शंसय नरहेको बताए । चितवन-२ मा उपनिर्वाचन हुँदा रविले ५४,१७६ मत ल्याएकामा अब झन् बढ्ने उनको भनाई छ । अर्का एक जना राजनीतिक मामिलाका जानकारले समेत रविको क्षेत्रमा पुनः निर्वाचन हुने अवस्था आएको बताए । यसअघि नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि त्यहाँ चितवन २ मा उपनिर्वाचन भएको थियो । २०७९ मंसिरमा भएको चुनावमा रविले ४९,३०० मत ल्याएर विजयी भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*