परिक्षा व्यवस्थित बनाउन पर्न माग राख्ने परिक्षार्थी बोहरामाथि हातपात 

१७ भाद्र २०८१, सोमबार २०:३१

काठमाडौँ । पुष्पलाल मेमोरियल कलेज चाबहिलमा चिट चोराइनुहुन्न भनेर आवाज उठाइरहेका परिक्षार्थी हर्क बोहरा माथि हातपात भएको छ। रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका बिद्यार्थी बोहरा माथि अपरिचित व्यक्तिले आज (भदौ १७ गते) हातपात गरेको हो ।

पुष्पलालमा परिक्षा व्यवस्थित नभएको र परिक्षा गार्डले नै चिट चोराउन सहयोगी गरेको विषयमा आवाज उठाइरहेका बोहरालाई आज कलेजको गेट अघि नै कुटपिट गरेका हुन् ‌ । अहिले सो कलेजमा स्नातक तह तेस्रो वर्षको परीक्षा संचालन भइरहेको छ।

उनले परिक्षा गार्डले भनसुनका आधारमा चिट चोराउने, परिक्षा भवन भित्रै विधार्थीले मोबाइल फोन र गेसपेपर प्रयोग गरेको विषयमा सो क्याम्पसका प्रमुख समक्ष गुनासो राखेका थिए । सो पश्चात उनीमाथि केहि विध्यार्थी खनिदै आइरहेका थिए ।

पुष्पलालमा अहिले आरआरका बिध्यार्थीहरुको सेन्टर परेको छ। परिक्षा व्यवस्थित ढङ्गले संचालन गर्ने भनेर आवाज उठाएपछि उनिमाथि निरन्तर आक्रमणको धम्की समेत आइरहेको थियो । वोहरा अनेरास्ववियु आरआर क्याम्पस कमिटीका सदस्य समेत हुन् । तर, बोहरालाई सोहि संगठनका व्यक्तिले समेत कुटपिटको धम्की दिदैं आइरहेको थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*