चार कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

११ भाद्र २०७८, शुक्रबार ११:२९

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर शुक्रबारदेखि लिलाीमा आएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको हो ।

कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । बैंकको न्युनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुल्ला गरेको हो ।

नेशनल लाइफको न्यूनतम मूल्य ४३७ रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ४५५ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २०८ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमार्फत आवेदन पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी वा संस्थाले भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*