अर्थ मन्त्रालयमा कर्मचारीहरुको सरुवाको सूचि तयार हुँदै
१७ भाद्र २०८१, सोमबार १७:४६
काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत फेरि थप सरुवा हुने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको निर्देशनसँगै प्रशासन महाशाखा प्रमुख मदन दाहाल यतिबेला सरुवा हुने कर्मचारीहरुको सूचि तयार गरिरहेका छन् ।
सोमबार दिनभरि नै दाहाल कर्मचारीहरुको सरुवाको सूचि तयार गरिरहेका छन् । अर्थमन्त्रालय र मातहतका कार्यालयमाहरुमा सरुवाको लागि उत्तर कुमार खत्रीसहितको टिम बसेर सरुवाको सूचि तयार पारिरहेका छन् ।
सरुवा गर्ने क्रममा कर्मचारी युनियन समेतको सहभागितामा सूचि तयार पारिहेको पाइएको छ । यसअघि सहसचिवहरुको सरुवा गरेको अर्थमन्त्रालयमा अब शाखा अधिकृत लगायतको सरुवा गरिनेछ ।