लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

११ भाद्र २०७८, शुक्रबार ११:१०

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बोलकबोलमार्फत् बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक समुह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४२१.६३ तोकेको छ । आवेदकले सो वा सो मूल्य भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी र अन्य संघ संस्था तथा सर्वसाधारणले असोज १ गते भित्र आफुले के कति दर रेटमा खरिद गर्न चाहेको हो सम्पूण विवरण खुलाई कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*