सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्नेः पर्यटनमन्त्री

१७ भाद्र २०८१, सोमबार १७:२७

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन् । सोमवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को ४६ औं साधरण सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

मन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरे । उनले संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे ।

मन्त्री पाण्डेले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*