सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ, चार दिनमा १२०० रुपैयाँले घट्यो

१७ भाद्र २०८१, सोमबार ११:१८

काठमाडौं । विगत चार दिनमा सुनको भाउ प्रतितोला १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।

गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ निरन्तर झरेको छ । हालसम्म १२०० रुपैयाँ घटिसकेको छ ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी सोमबार १७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*