एचआईडीसीएलको शेयर नपरेकालाई रकम फिर्ता, कटअफ मूल्य कति?

१७ भाद्र २०८१, सोमबार ०९:५२

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर बाँडफाँडमा नपरेको वा आंशिक परि बाँकी रहेको शेयर बापतको रकम आज भदौ १७ गतेदेखि बोलपत्र फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा रकम पठाउन शुरू गरिएको छ ।

कम्पनीले गोप्य शिलबन्दी बोलपत्रद्वारा १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर (संस्थापक) शेयर बिक्रीमा राखेको थियो । यसका लागि साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्न आह्वान गरिएको थियो ।

सो समयभित्र परेको बोलपत्र कम्पनीले भदौ १२ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा खोलिएको हो । उक्त संस्थापक समूहतर्फको शेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यलाई आधार मानेर कम्पनीले शेयरको बाँडफाँड गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*