थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

१७ भाद्र २०८१, सोमबार ०८:२५

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई वटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले महोत्तरी र पाल्पास्थित चार वटा शाखा कार्यालय एकआपसमा गाभ्ने भएको हो ।

महोत्तरी जिल्लाको रामगोपालपुर वडा नम्बर ५ स्थित रामगोपालपुर शाखा कार्यालय सोही जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित जलेश्वर शाखा कार्यालयमा गाभ्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यालय गाभिने भएसँगै अब रामगोपालपुरका अभिकर्ता र बीमितहरूलाई बीमा सेवाका लागि जलेश्वर शाखासम्म धाउन पर्ने भएको छ ।

त्यस्तै कम्पनीले पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको पाल्पा सिलखन टोल र पाल्पा तानशेन शाखा कार्यालय पनि आपसमा गाभ्ने भएको छ । शाखा कार्यलय गाभिएपश्चात् कम्पनीले हाल पाल्पा सिलखन टोल शाखा रहेको कार्यालयबाट सेवा प्रवाह गर्नेछ भने पाल्पा तानशेन शाखा कार्यालय बन्द हुनेछ ।

यी गाभिएर बनेको शाखाबाट कम्पनीले असोज १ गतेदेखि सेवा प्रवाह गर्ने जनाएको छ । पछिल्लो समय सूर्यज्योति लाइफले धमाधम शाखा कार्यालयहरू मर्ज गर्दै गइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*