एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१६ भाद्र २०८१, आईतवार १५:१९
काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ।
नेप्से ओरालो लाग्दा एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सुपर माई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनर, कुथेली बुखरी, सानिमा लार्ज क्यापिटल, सनराईज ब्लू चिप, एनआईबिएल स्टोबल फण्ड, सामलिङ्ग पावर, सानिमा ग्रोथ फण्ड, एनआईबिएल ग्रोथ फण्ड र अपर होवा खोलाका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।