रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा फुल गमला वितरण
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, लमजुङ शाखाले बेसिशहर नगरपालिका ०७ स्थित राम सिता मन्दिरमा फुल सहितको १७ वटा गमला वितरण गरेको छ । शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी सँस्थाको ७ औँ बार्षिकोत्सवको अवसरमा सो फुल गमला वितरण गरेको हो ।
सो कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निर्मला बोहोरा रिमालले सँस्थाको सहयोगले मन्दिर परिसरमा हराभरा स्वच्छता कायम राख्न सहयोग पुग्ने बताए । यसरी सो मन्दिर व्यवस्थापनको सन्दर्भमा योगदान दिने रिलायबल नेपाल पहिलो बीमा कम्पनी भएको भन्दै उनले प्रशंसा समेत गरे ।
लमजुङ शाखाले यस अघी पनि शिक्षा,स्वास्थ्य, आश्रम, धार्मिक स्थल, यातायात बिपत लगायत विभिन्न सार्वजनिक स्थलहरुमा सयोग गर्दै आइरहेको छ । कर्पोरेट संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने सानो प्रयास अनुरुप कार्यक्रमको आयोजना गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, लमजुङ शाखा प्रमुख राजु गुरुङले बताए । कार्यक्रममा बोल्दै उनले समाजका हरेक सामाजिक कार्यहरुमा संस्थाको सहभागीता रहने बताएका छन् ।
कार्यक्रममा लमजुङ शाखाका बित्तिय सल्लाकारहरु लीला बहादुर बस्नेत, शिव थापा, कृष्ण कुमारी बगाले, डिल माया गुरुङ लगायत अन्या एजेन्सीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण बजार प्रमुख लक्ष्मी धितालले गर्नु भएको थियो ।