खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने
१६ भाद्र २०८१, आईतवार १०:२९
काठमाडौं । खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । यसका लागि असोज ७ गते वार्षिक साधारणसभा डाकेको छ । सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजेदेखि शुरु हुनेछ ।
सभाले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने र कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि तोक्ने एजेण्डा पनि रहेको छ ।