सलिकोले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

१६ भाद्र २०८१, आईतवार १०:०५

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । असोज २ गतेदेखि ५ गतेसम्म चार दिन वीरगंजमा तालिम सञ्चालन गर्ने लागिएको हो ।

एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले तालिम लिन सक्नेछन् । यसका लागि शैक्षिक योग्यता, नेपाली नागरिकता र स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपिका साथै सापपोर्ट साईजको तीन प्रति फोटो पेश गर्नुपर्नेछ । तालिम शुल्क एक हजार रुपैयाँ लाग्नेछ ।

संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहने संस्थाले सहभागी सञ्चालक पदमा बहाल रहेको मिति खुल्ने प्रमाणपत्र, तालिममा सहभागी हुने सम्बन्धी सञ्चालक समितिको माईन्यूट, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट–प्यान दर्ता प्रमाणपत्रको प्रतिलिमि, निवेदन दिएको अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ताको प्रमाणपत्र र लेखा परीक्षणको वित्तीय विवरण, सहभागी सञ्चालकको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

तालिममा ३० जनाभन्दा बढीलाई समावेश गराउन नसकिने भएकाले पहिलो दर्ता हुनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । तालिम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । थप विवरणका लागि निशान्त कुमार लामिछाने  9851124459, संदिप सिंह ठकुरी 9851066919 र दिलिप ढुङ्गेल 9855022811 लाई सम्पर्क व्यक्ति तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*