आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

१६ भाद्र २०८१, आईतवार ०९:३५

काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज भदौ १६ गते अन्तिम दिन हो । यस शेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिँनेछ ।

कम्पनीले साउन २७ गतेदेखि १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरिरहेको छ । यसमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउँछन् ।

कम्पनीले हकप्रद निष्काशनका लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

शेयर किन्न इच्छुकले बिक्री प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयका साथ आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*