सिद्धार्थ बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा

१६ भाद्र २०८१, आईतवार ०८:४०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर किन्न आवेदन नदिएको खण्डमा भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।

सो शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय शाखामा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*