हाईलाइफको २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा
१६ भाद्र २०८१, आईतवार ०८:०७
काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २० लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त हकप्रद शेयर भदौ १३ गतेसम्म कायम शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । कम्पनीको भदौ ११ गते सम्पन्न विशेष साधारणसभाले जारी पूँजीमध्ये जगेडामा रहेको शेयर हकप्रद शेयरको रूपमा २ः१ को अनुपातका दरले बिक्री गर्ने निर्णय गरेको थियो ।
सो शेयर किन्न इच्छुक शेयरधनीले असोज २० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।