नेपालमा भारतबाट सबैभन्दा धेरै वैदेशिक लगानी आउने
काठमाडौं । नेपालमा भारतबाट सबैभन्दा धेरै वैदेशिक लगानी आउने गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को तथ्यांक अनुसार भारतबाट नेपाली संस्थाहरूमा हाल कायम वैदेशिक लगानी एक खर्ब तीन अर्ब ५० करोड छ।
यस्तो लगानीको आधारमा चीन दोस्रो स्थानमा छ। चीनबाट हाल कायम वैदेशिक लगानी ३५ अर्ब ५० करोड रूपैयाँ छ।
त्यस्तै, आयरल्याण्डबाट २२ अर्ब ६० करोड, अष्ट्रेलियाबाट १९ अर्ब १० करोड र सिंगापुरबाट भएको यस्तो लगानी १८ अर्ब ८० करोड छ।
गत आर्थिक वर्ष २०८०र८१ मा कायम वैदेशिक लगानी ११।८ प्रतिशतले बढेर दुई खर्ब ९५ अर्ब रूपैयाँ पुगेको छ।
यसमध्ये ५२।८ प्रतिशत चुक्ता पुँजीको रूपमा र १३।५ प्रतिशत कर्जाको रूपमा संस्थाहरूले पाएका छन्। ३३।३ प्रतिशत बराबर रकम भने संस्थाहरूको सञ्चितिमा रहेको छ।हाल औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ५९।७ प्रतिशत यस्तो लगानी छ।
औद्योगिक क्षेत्रका विद्युत, ग्यास, एयर कन्डिसन लगायतका क्षेत्रमा ३० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९।४ प्रतिशतमा लगानी छ।
बाँकी ४०।२ प्रतिशत लगानी सेवा क्षेत्रमा छ। यसमध्ये वित्तीय संस्थाहरूमा २६ प्रतिशत, सूचना र सञ्चार क्षेत्रमा ६।७ प्रतिशत, होटेललगायतका क्षेत्रमा ६।३ प्रतिशत छ।
नेपालमा ५८ मुलुकबाट वैदेशिक लगानी तथा ऋण आउँछ। जलविद्युत क्षेत्रमा सबैभन्दा धेरै २९ अर्ब ३० करोड बराबरको वैदेशिक ऋण छ। विभिन्न क्षेत्रमा यसरी वैदेशिक लगानीमार्फत् आएको ऋण ६० अर्ब ३० करोड हाराहारी छ।