लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

१४ भाद्र २०८१, शुक्रबार १४:५७

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउ २२ करोड ५० लाख रुपैयाँ २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको कम्पनीले बताएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारण निष्काशन गर्नको लागि भाद्र ९ गते बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई यस यस कम्पनीले २०८० भदौ १ गते लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी पुस ६ गतेदेखि औपचारिक रूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*