कर्मचारी सञ्चय कोषको शेयर बजारमा मात्रै ३० अर्ब रुपैयाँ बढीको लगानी

१४ भाद्र २०८१, शुक्रबार १२:४०

काठमाडौं। कर्मचारी सञ्चय कोषले विभिन्न कम्पनीहरूको धितोपत्रमा मात्रै ३० अर्ब रुपैयाँ बढीको लगानी गरेको छ ।

गत वर्ष मात्रै कोषले थप १७ करोड ६० लाख रुपैयाँ धितोपत्रमा लगानी गरेको छ । २०८० असार मसान्तसम्ममा कोषले धितोपत्रमा ३० अर्ब १४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको थियो । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

त्यस्तै, गत असार मसान्तसम्म कोषको बैंक तथा वित्तीय संस्थामा मौज्दात रकम १ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्ष मात्रै कोषले २० अर्ब बैंक मौज्दात बढाएको छ । । २०८० असार मसान्तसम्म कोषको मौज्दात १ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ थियो ।
कोषका अनुसार गत असारम सान्तसम्म २ खर्ब ६० अर्ब ५० करोड ५३ लाख रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । त्यस्तै, कोषले परियोजना तथा संगठित संस्थाहरूलाई ९० अर्ब ३७ करोड कर्जा तथा सापटी प्रदान गरेको छ ।

त्यस्तै, कोषमा सञ्चयकर्ताको सञ्चय कोषमा ५ खर्ब १८ अर्ब ४७ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा ११ अर्ब २१ करोड रुपैयाँ छ । जगेडा कोष तथा बचतमा ३५ अर्ब ५० करोड छ । कोषको जम्मा कोष तथा जगेडामा ५ खर्ब ६५ अर्ब १९ करोड ६२ लाख रुपैयाँ छ ।
कोषको कुल सम्पति ५ खर्ब ७१ अर्ब ३२ करोड ७५ लाख पुगेको छ । कोषका सञ्चयकर्ताको संख्या ५ लाख ८२ हजार छन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*