सरकारसँग १० अर्बभन्दा बढी रकम माग गर्दै बीमक संघले आइतबार मुद्दा दर्ता गर्दै, कोरोना बीमाको रकम माग्दै सबै कम्पनीहरु अदालत जाने

१४ भाद्र २०८१, शुक्रबार ११:३१

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा बापतको १० अर्बभन्दा बढि रकम माग गर्दै सरकारका विरुद्धमा मुद्दा दायर गर्ने भएका छन् ।

यही भदौं १६ गते आइतबार अदालतमा मुद्दा दर्ता गर्ने नेपाल बीमक संघले बीमापोष्टलाई जानकारी गराएको छ । गत साता र यही साताको मंगलबार बसेको बीमक संघको बैठकले कोरोना बीमाको रकम सरकारलाई तिराउन कानुनी प्रक्रियामा अघि बढ्ने निर्णय गरेको थियो । सो कार्यको जिम्मेवारी पायोनियर ल एशोसिएट्सलाई जिम्मेवारी सुम्पिएको छ ।

सरकारसँग कानुनी लडाई लड्न १४ वटै बीमा कम्पनीका सिईओहरुले हस्ताक्षर गरिसकेका छन् । सम्भवतः आइतबार मुद्दा दर्ता हुनेछ ।
कोरोना बीमा पोलिसी किनेर रकम नपाएका करिब एक लाख बीमितलाई बीमा कम्पनीहरुले अहिलेसम्म दावी भुक्तानी दिन सकेका छैनन् ।

कोरोना बीमा मापदण्ड अनुसार सरकारले रकम नदिएको भन्दै बीमक संघले मुद्दा दर्ता गर्ने निर्णय गरेका थिए । निर्णय बमोजिम सबै बीमा कम्पनीका प्रतिनिधिहरुले हस्ताक्षर गरेर औपचारिक रुपमा मुद्दा प्रक्रियामा जाने निर्णय गरिएको हो । कोरोना बीमा मापदण्ड गैर कानुनी भएको र कोरोना बीमाको दायित्व राज्यकोषलाई भार पार्ने कार्य गैर कानुनी रहेको भन्दै यसअघि नै परेको मुद्दा सर्वोच्च अदालतमै बिचाराधिन अवस्थामा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*