एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल बैंक खातामा जम्मा
१४ भाद्र २०८१, शुक्रबार ०९:०९
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरिएको छ ।
कोष प्रबर्द्धकमा एनआईसी एशिया बैंक लिमिटेड, योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल रहेको र एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्ड (खुलामुखी योजना) ले आर्थिक वर्ष २०८०।८१ का लागि १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।
फण्डले इकाईधनीको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक गरिएका इकाईधनीको सम्बन्धित बैंक खातामा भदौ ९ गतेदेखि प्रतिफल वितरण गरिएको जनाएको छ ।