प्रिमियममा आइपीओ ल्याउने तयारीमा रहेको श्री डिष्टिलरीको व्यापारमा उछाल, ८५ करोड कर छलिको विषय के होला ?

१३ भाद्र २०८१, बिहीबार ११:३५

काठमाडौँ । नियामकको आँखामा कालो पट्टी बाधेर अर्बौ राजस्व छलि गरेको श्री डिष्टिलरीको व्यापारमा उछाल देखिएको छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम) राजस्व छलि गर्ने मदिरा उद्योग श्री डिष्टिलरीको व्यापार एक वर्षको अवधिमा १२०.७३ प्रतिशतले बढेको हो ।

२०५६ सालमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट भएको भन्दै लेखा परिक्षणमा देखाएर ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छली गरेको थियो । २०५८ सालमा मुद्दा परेपछि उक्त विषयमा छानविन भयो । र, असुल गर्ने निर्णय गरेपछि २०६१ सालदेखि उद्योग बन्द भयो । सो उद्योगले लामो समयसम्म कर तिरेको छैन ।

कम्पनीले आर्थिक वर्ष २०८०।०८१ मा १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा ९ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८ करोड २० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ मा ३० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो ।

सोहि कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारी समेत गरेको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता आईपिओ जारी गर्ने भन्दै प्रक्रिया अघि बढाइएको छ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । कम्पनीले घरेलु रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालबाट डबल बी माइनस (इस्युअर) रेटिङ पाएको छ।

सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी सन् २०२२ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हा । यो अरुणखोला, नवलपुरमा अवस्थित छ । कम्पनीसँग ४८ लाख ६० हजार लिटरको कुल स्थापित उत्पादन क्षमता छ । यसले माउन्ट एभरेष्ट र गोर्खाली रमको टेड्रमार्क एक प्रमुख सम्पति हो । यसले जोस, सगुन जस्ता पिय पदार्थ उत्पादन गर्छ ।

कर छलि गरेको कम्पनीलाई अब धितोपत्र बोर्डमा आउने नयाँ अध्यक्षले के गर्लान त्यो चासोको विषय बनेको छ ।

२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*