ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा सबैभन्दा ठूलो अग्नी दाबी भुक्तानी

१३ भाद्र २०८१, बिहीबार ११:१७

काठमाडौं । पश्चिम नेपालको बुटवल प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालनमा आएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पीडितलाई भुक्तानी गरेको छ ।

कम्पनीले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ति गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुषाललाई अग्नी दाबी भुक्तानी गरेको हो । बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा सञ्चालित नेपाली लुगा घरको कूल ४० लाखको स्टक इन्स्योरेन्सको बीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बुटवल अफिसबाट भएको थियो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाका अनुसार नेपाली लुगा घरको कूल ४० लाखको सम्पत्ती बीमा आफ्नो कम्पनीमा गरिएको र सर्भेयरले निकालेको क्षती मूल्याङ्कनमा अनिवार्य स्वैच्छिक अधिक रकम कट्टा गरी कूल ३१ लाख ८३ हजार रुपैयाँ नेपाली लुगाघरको बैंक खातामा पठाइएको बताए ।

गत आर्थिक बर्षबाट देशमा सञ्चालनमा आएका ३ वटा निर्जीवन माइक्रो बीमा कम्पनीहरुको इतिहासमै ट्रष्ट माइक्रो इन्स्योरेन्समा परेको यो आगलागीको बीमा दाबी नै अहिलेसम्मको सबैभन्दा ठूलो भएको अधिकृत ढुङ्गानाले दाबी गरे ।

गत आर्थिक वर्षको चैत्र ९ गतेबाट आफ्नो कारोबार सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशका प्रमुख शहर तथा जिल्लाहरुमा झण्डै डेढ दर्जन शाखा तथा उपशाखामार्फत माइक्रो बीमा व्यवसाय गर्दै आएको छ ।

One thought on “ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा सबैभन्दा ठूलो अग्नी दाबी भुक्तानी

  1. Suraj Khanal says:

    Trust us, We Secure.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*