नाडा अटो शोमा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्नेलाई ७५ हजारसम्म छुट

१३ भाद्र २०८१, बिहीबार १०:५४

काठमाडौँ । जारी ‘नाडा अटो शो २०२४’ मा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरुले भारी छुट पाउने भएका छन् । स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले ‘सेभिङस एक्स्ट्राभागेन्जा स्किम’ ल्याएको हो ।

स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउने छन् । शोको समयमा स्कुटर बुक गर्ने ग्राहकहरूले अनर २०० र अनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

डेल्टा अटोकोर्प अटो शोको अवसर पारेर आफ्नो नयाँ प्रडक्ट अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर कम्पनीले सार्वजनिक गरेको छ । नेपाली बजारमा १२५सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्येको एक यो स्कुटरमा २२० एमएमको भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ । जसमा कम्बी–ब्रेकिङ सिस्टम (सीबीएस) लाई स्टयाण्डर्डको रूपमा राखिएको छ ।

१२–इन्चको एल्लोय ह्वील्स, टेलिस्कोपिक फ्रन्ट फोर्कस साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटरको मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ बाट सुरू रहेको बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*