हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

१३ भाद्र २०८१, बिहीबार ०८:०६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*