नेपाल सहित विश्वभरका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी, फहराए नेपाली झण्डा
काठमाडौं। नेपालको प्रतिनिधित्व गर्दै नेपाल जीवन बीमा कम्पनीका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्।
विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा नेपाली बीमा अभिकर्ताहरुले नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी बनेका हुन् ।
यसले नेपालको नाम विश्व सामू चिनाउन पनि ठूलो मद्धत गर्दछ ।
विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्स दुबईमा आज दोस्रो दिनको कार्यक्रम रहेको छ।
विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रह्ने कार्यक्रममा नेपाली बीमा अभिकर्ताहरुले नेपाली झण्डा पनि फरफराएका छन् ।
नेपालबाट पनि केहि वर्ष अघिसम्म एमडिआरटीमा खासै चासोका साथ हेरीदैनथ्यो । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन तथा नेशनल लाइफका केही सिमित अभिकर्ता बाहेकले यसमा खासै प्राथमिकता दिने गरेका थिएनन् । तर केहि वर्षदेखि अभिकर्ताहरु विचमा एमडिआरटी बन्ने होडबाजी नै चलेको छ । विगतका बर्षहरुमा नछुटाई जाने एलआईसी र नेपाल लाइफका अभिकर्ताहरु यस कार्यक्रम जान नै छोडिसकेका छन् ।
तर यी तीन बीमा कम्पनीबाहेककका कमपनीमा आवद्ध अभिकर्ताहरुलाई जीवन बीमा व्यवसाय गर्न उत्प्रेरित गरिरहेको छ ।
अझ एमडिआरटी सम्मेलनमै उपस्थित भएर अनुभव संगाल्नेहरुको संख्या बढिरहेको छ । यस वर्ष नेपालबाट यस सम्मेलनमा सहभागि हुनेको सङख्या पनि बढेको छ।
कार्यक्रममा देशैभरबाट सहभागी भएका अभिकर्ताहरुलाई बीमा व्यवसायलाई कसरी अगाडी बढाउने, मार्केटलाई कसरी फेस गर्ने जस्ता उपायहरुलाई पनि प्रस्तुतीकरण दिईन्छ ।
सहभागीहरुले जीवन बीमा व्यवसायका कठिनाइलाई एक आपसमा आदान प्रदान गर्नुका साथै व्यवसायका दौरानमा आइपर्ने कठिनाइलाई कसरी सामना गर्नेसम्मका ज्ञानगुनका कुराहरु सिकाइन्छ ।