अटो शोः दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको आकर्षण, हेर्नुहोस् तस्बिरहरु

१२ भाद्र २०८१, बुधबार १९:१०

काठमाडौँ । अहिले काठमाडौँको भृकृटीमण्डबमा ‘नाडा अटो शो २०२४’ चलि रहेको छ । अटो शो यसवर्ष चिनिया ईभीमय बनेर संचालक भइरहेको हो ।

बिक्रीमा सुस्तता देखिएको दुई पाङ्ग्रे साधन हेर्ने आउनेहरुहरुको भने पहिलो नजरमा पर्ने गरेको छ । १० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको आकर्षण देखिएको हो ।

बजाजले सार्वजनिक गरेको पल्सर एनएस ४०० जेड, हिरो, टिभिएस, भेनिला, गोगोरो, अपाची, रोयल इन्फिल्ड लगायतका ब्रान्डहरुमा नाडा अटो शोमा युवाहरु आकर्षण रहेको छ । ब्रान्डहरुले अटो शोलाई लक्षित गर्दै विभिन्न छुट योजना समेत सार्वजनिक गरी रहेका हुन् ।

दुई पाङ्ग्रे साधनमा युवाहरुको लोभलाग्दो आकर्षणका साथसाथै बुकिङ समेत गरी रहेका छन् । अटो शोमा चार पाङ्ग्रे सवारीमा सीमित ब्यक्तिहरुको चहल–पहल रहेपनि दुई पाङ्ग्रे सवारी साधन रहेको स्टलहरुका निकै भिडभाड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*