बीमा प्राधिकरणका अध्यक्ष सहितको टोलीद्धारा बीमा सचेतना कार्यक्रम सुरु
१२ भाद्र २०८१, बुधबार १८:४१
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित बीमा सचेतना कार्यक्रमको लागि देशव्यापी कार्यक्रम आजदेखि सुरु भएको छ।
बीमाको दायरा विस्तारमा बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्ने र नियामक निकाय नै यसमा सक्रिय भएर लाग्नुपर्ने जोड अध्यक्ष सिलवालको रहेको छ।
यो आर्थिक बर्षको सुरुवातको अध्यक्ष सिलवालको पहिलो बीमा सचेतना कार्यक्रम हो । देशका विभिन्न प्रदेश र स्थानीय निकायसँग समन्वय गर्ने र बीमा जानकारीको लागि भावी योजनामा बीमा योजना समावेश गराउन बीमा प्राधिकरण सक्रिय भएर लागेको छ।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालले वुटवलमा भोलिदेखि सुरु हुने भएको छ।
त्यसपश्चात् अन्य स्थानीय तहसँग पनि बीमा प्राधिकरणले बीमा सचेतना सम्बन्धी कार्यक्रम तय गर्नेछ ।