नाडा अटो शोमा खल्तीको एकाधिकार, नाडा कै मिलेमतोले दर्शकलाई सास्ती
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२४’ मा टिकटमा खल्ती एपको एकाधिकार देखिएको छ ।
अटो शोमा प्रवेशका लागि सर्वसाधारणबाट २०० रुपैयाँ असुल गर्ने गरेको भएपनि टिकट ब्यवस्था निकै अब्यवस्थित बनाएको पाइएको हो । शोमा प्रवेश हुनका लागि खल्ती एप डाउलोड गर्ने र केवाईसी भेरिफाई गरेर टिकट गरिद गर्नु पर्ने बाध्यता रहेको छ । जसका ग्राहकहरुलाई आफ्नो मोबाइलमा डाटा प्याक लिएर टिकट काउन्टरमा नै करिब ३० मिनेटभन्दा बढी रोकिनु पर्ने समस्या रहेको छ ।
ग्राहकहरुले नरुचाएका एप खल्ती मार्फत अनिवार्य टिकट खरिद गर्नुपर्ने बाध्यताले दर्शकलाई सास्ती भोक्नु परेको छ । नाडाले कम गुणस्तर तथा थोरै ग्राहक रहेको एप मार्फत टिकट खरिद गर्ने लगाएर सर्वसाधारणलाई दुःख दिइरहेको देखिएको छ ।
आजको युग विज्ञान प्रविधिको हो । नाडाले ग्राहकहरुको सहजिकरणका लागि अनलाइन टिकट गर्नु राम्रो भएपनि कुनै एक एपलाई मात्र टिकट जिम्मा दिनु गलत कार्य रहेको अवलोकन गर्न आउनेहरुको गुनासो रहेको छ । एक जनाले बीमा पोष्टलाई भने, ‘११ः३० तिर अटो हेर्ने भृकुटीमण्डबमा पुगेको थिए । क्यास थिएन अनलाइनबाट गरौ भनेको खल्तीबाट मात्र काट्न पाउने रे । मैलै २९ रुपैयाँको डाटा लिए । खल्ती डाउनलोड गरे फेरी के के भेरिफाइड समेत गरे । टिकट काट्न मात्रै ४० मिनेट कुर्नु परो ।’
नाडाले अटोहरुको ब्रान्डिङ भन्दापनि खल्तीको ब्रान्डिङ गरेको अर्का अवलोकनकर्ताले बताए । ‘नाडाले खल्तीको ब्रान्डिङ गरेको हो कि अटोको ब्रान्डिङ गर्ने हो ? थाहा छैन । अवलोकनकर्तालाई कसैबाट टिकट काट्न नत्र भित्रै नजानु भने जस्तै गरेको छ’ उनले भने ।