बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत

१० भाद्र २०७८, बिहीबार १६:०२

काठमाडौं । गत आर्थिक बर्ष २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०७७ असार लमसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । राष्ट्र बैंकले गत आर्थिक बर्षको अन्त्यसम्मको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

२०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमासूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीकोहिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन तालिका ८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.५७३ अर्ब २४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा रु. २ खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४६ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु.४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु.१८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु.६ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४ खर्ब ०४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२३ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु.१५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु.१४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु.९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*