‘नाडा अटो शो २०२४’ मा शिखर इन्स्योरेन्सले बीमा र यी बैंकले दिदैछन् कम ब्याजदरमा सवारी कर्जा (तस्विरसहित)

१२ भाद्र २०८१, बुधबार १७:१४

काठमाडौं । हिजो अर्थात भदौ ११ गतेदेखि सुरु भएको गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ सञ्चालन भैरहेको छ । उक्त शो मा विभिन्न कम्पनीहरुले गाडी तथा दुइ पाङ्गे मोटरसाइकलहरु प्रदर्शनमा राखेका छन् ।

नाडा अटो शो २०२४ मा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा ठूलो शिखर इन्स्योरेन्सले आफ्नो स्टल राखेर बीमा सेवा प्रदान गरिरहेको छ । सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा गराउनको लागि सवारी साधन खरिद गर्ने मानिसलाई शिखर इन्स्योरेन्स सबैभन्दा उत्कृष्ठ कम्पनी बन्न सफल भएको छ ।

त्यस्तै, आम नागरिकहरुलाई विभिन्न कम्पनीका गाडिहरु तथा मोटरसाइकल खरिद गर्न बैंकहरुले कर्जा उपलब्ध गराउने कार्यलाई सहज बनाउन स्टल नै राखेर बैकिङ्ग सुविधा दिदै आएका छन् ।

नाडा अटो शो लक्षित बैंकहरूको सवारी कर्जामा विशेष अफर, कसको व्याजदर कति ?

नाडा अटो शो २०२४ मा नबिल बैंक, हिमालयन बैंक,महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल मेगा इन्भेष्टमेन्ट बैंक र माछापुच्छे बैंक लगायतले स्टल राखेर बैंकिङ्ग सेवा दिदै आएका छन् ।

 

तस्विर : राजन कठायत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*