नाडा अटो शोमा जी मोटर्सले स्काइवेलको ‘बीई ११’, २ लाखसम्म छुट पाइने
काठमाडौँ । नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले नाडा अटो शो २०८१ मार्फत स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले यो गाडी ४ सय १० किलोमिटर रेन्ज र ५ सय २० किलोमिटर रेन्जमा ल्याएको छ । कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ ।
नेपाली ईभी बजारमा आयो ६२० किमी रेन्ज दिने प्रिमियम एसयूभी, हेर्नुहोस् यी १६ तस्बिर
मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ ।
नाडा अटो सो अवधि भरी उक्त गाडि बुकिङ गर्नेलाई करिब १ लाखदेखि २ लाखसम्म छुट योजना रहेको छ ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
One thought on “नाडा अटो शोमा जी मोटर्सले स्काइवेलको ‘बीई ११’, २ लाखसम्म छुट पाइने”