सुस्ताउँदै शेयर बजारः परिसूचक २७८६ बिन्दुमा, ह्वात्तै घट्यो कारोबार

१२ भाद्र २०८१, बुधबार १५:१३

काठमाडौँ । दुई दिन राताम्य भएको बजार आज भने झिनो सुधार भएको छ । पछिल्लो समय माफियाहरु एक्जिट हुँदा शेयर बजारमा पहिरो गइरहेको हो । नाफा बुक गरेर ठुला लगानीकर्ता अब बजार घटाएर प्रवेश गर्ने खोजि गर्ने छन् । जसबाट स–साना लगानीकर्ताको लगानी जोखिममा पर्ने गरेको छ ।

बजारमा जसरी अस्वभाविक वृद्धि भएको थियो सोहि अनुसार ओरालो गति तिर पनि लागि रहेको छ । अहिले स–साना लगानीकर्ताहरु समेत शेयर बिक्री गर्ने हाबि भइरहेका छन् । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ता आत्तनी थालेका हुन् । कारोबार आज ह्वात्तै घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अकंले बढेर २७८६.४० बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । हिजो १८ अर्ब ६४ करोडको कारोबार भएको छ ।

बुधबार बैंकिङ समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहमको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०१ प्रतिशतसहित आठ उपसूचकमा हरियाली भएको छ ।

यसदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*