छोरीको जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय चाडपर्व र उत्सव आदि मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ का महेन्द्र सुनारले आफ्नो ७ वर्षीय छोरी युनिशा सुनारको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् ।
जन्मदिनमा गरिने अनावश्यक फजुल खर्च कटौती गरी भविष्यका लागि अपरिहार्य बनिसकेको र बचतका साथै सुरक्षा पनि हुने भएकाले छोरीलाई अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएका हुन् ।
कम्पनीका अनुसार बुवा महेन्द्र सुनारले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रोल्पा शाखा कार्यालयसँग सहकार्य गरी ५ लाख ७५ हजार रुपैयाँ बीमाङ्कको ‘हिमालयन अनमोल रत्न बाल जिवन बीमा योजना’ उपहारस्वरूप दिएका हुन् ।
छोरीको सुरुक्षित भविष्यको लागि छोरी र बुवाको रिस्क कभर हुने तथा बचतसँगै सुरक्षाका लागि भन्दै उनले बार्षिक रूपमा ३६ हजार ५०७ रुपैयाँ जम्मा गर्ने गरी सो बीमा पोलिसी लिएका हुन । उक्त बिमालेख कम्पनीको रोल्पा शाखा प्रमुख भानुभक्त सन्यासी र ऐजेन्सी म्यानेजर फागेन्द्र सुनारले संयुक्त रूपमा महेन्द्र सुनारलाई हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय निकै तामझामका साथ महंगो खर्चमा जन्मदिन मनाउने प्रचलनको विकास भएको पाइन्छ । जन्मदिनको खुसियालीमा केक काट्ने, भोज खुवाउने र महंगा गिफ्टहरू दिने जस्ता पश्चिमा संस्कृतिले जरा हालिरहेको अवस्थामा भविष्यको बिचार गर्दै बीमा पोलिसी उपहार दिनु उत्तम बिकल्प भएको बीमा जानकारहरू बताउँछन् ।
विकसित समयसँगै चाडपर्व तथा उत्सव आदिमा अन्य उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस प्रकारको कार्य आज नेपाली समाजमा एउटा उदाहरणीय समेत बन्न पुगेको छ ।