सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

१२ भाद्र २०८१, बुधबार ०८:५२

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर किन्न आवेदन नदिएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित तनहुँको बन्दीपुर–१ डुम्रेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*