लघुवित्तका ऋणीलाई बम्पर छुट दिने राष्ट्र बैंकको निर्णय, ५ प्रतिशत ब्याज तिरे कर्जा नविकरण

११ भाद्र २०८१, मंगलवार २०:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको नाममा आज एक निर्देशन जारी गर्दै लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको छ । एकीकृत निर्देशका संशोधन गर्दै केन्द्रीय बैंकले लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको हो ।

नयाँ व्यवस्था अनुसार लघुवित्तको कर्जा तिर्न नसकेर कालोसूचिमा परेका ऋणीहरुले समेत राहत पाउने भएका छन् । जस अनुसार कालोसूचिमा परेका ऋणीहरुले तिर्नु बुझाउनुपर्ने ब्याज मात्रै भुक्तानी गरेर कर्जा नविकरण गर्ने वित्तिकै कालोसूचिबाट फुकुवा हुनेछन् । त्यसैगरी, कर्जा तिर्न कठिनाई भोगिरहेका ऋणीहरुलाई आवश्यकता र औचित्यका आधारमा आगामी २०८१ मंसिर मसान्तसम्ममा कर्जा नविकरण तथा पुनर्तालिकीकरण गर्ने छुट पाउनेछन् ।

उता, लघुवित्तलाई भने थप कडाई गर्दै पुनःसंरचना वा पुनर्तालिकीकरण गर्दा असुल गर्न बाँकी ब्याजलाई आम्दानीको रुपमा लेखाङ्कन गर्न नपाइने भएको छ । जसबाट लघुवित्त कम्पनीले आम्दानी बढाउने खेल भने रच्न पाउने छैनन् ।
लघुवित्त कम्पनीमा ऋणीहरुलाई केन्द्रीय बैंकले दिएको बम्पर छुटले लघु वित्त कम्पनीहरुको आम्दानीमा भने गिरावट आउनेछ । ऋणीहरुले ब्याज समेत पछि भुक्तानी गर्न छुट पाएकोले ऋणीले राहत पाउने भएका छन् भने कम्पनीको मुनाफा थप खुम्चिने देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*