स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी, बिक्रि प्रबन्धक नियुक्त
११ भाद्र २०८१, मंगलवार १७:४१
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० दरमा सर्वसाधारणमा निष्काशन गर्न इन्स्योरेन्सले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।