दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

११ भाद्र २०८१, मंगलवार १७:०६

काठमाडौं। नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता गरी कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यी शेयरहरु सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा गएपछि मात्रै कारोबार गर्न पाउनेछन् ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीले गत वर्ष २०८० चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव २२११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशलमव ११६९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै सिइडिबी हाइड्रोपावरले बैशाख ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशतन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*