१११ अंकले घट्यो नेप्सेः शेयर बजार ३२०० को विन्दु पुग्ने लगानीकर्ताहरुको प्रक्षेपणलाई इन्डेक्सले गर्ला त सर्पोट ?
काठमाडौं । आईतबार ७९।८८ अंकले घटेको शेयर बजारमा आज १ सय अंकको गिरावट आएको छ।
नेप्से ११।९६ अंकको गिरावट आउँदा २७८२।६० अंकको विन्दुमा कायम भएको छ। आईतबार २९ विन्दुमा रोकिएको शेयर बजार आज २७ को विन्दुमा बन्द भएको छ।
३३० सूचीकृत कम्पनीहरुको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता शेयर खरिदबिक्रि हुँदा १८ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ।
शेयर बजार ३२०० को विन्दु पुग्ने लगानीकर्ताहरुले प्रक्षेपण गरिरह्दा नेप्सेको इन्डेक्सले भने सर्पोट गरेको देखिदैन ।
२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेको छ ।
बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे । तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो छ ।
शेयर लगानीकर्ता प्रकाश पौडेलले एक चरणमा नाफा कमाइसकेकाले नाफा बुक गर्न थाल्दा बजारमा थोरै करेक्सन आउनु सामान्य रहेको बताएका छन् ।
परिसूचकमा भारी अङ्कको गिरावट आए पनि कारोबार रकम भने सुखद देखिएको छ । आज, मंगलबार ३३० कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यसकारण नाफा बुक नै बजार घट्नुको मुख्य कारण भएको उनको भनाइ छ ।
मनोवैज्ञानिक कारणले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको रौनियार बताउँछन् । उनी भन्छन्, ‘हल्लाको पछाडि लाग्ने र हल्लाकै भरमा किन्ने बेच्नेले पनि केही प्रभाव पारेको हो । तर अहिले घट्नुपर्ने अन्य कारण नभएकाले केही दिनमा बजार फेरि उकालो यात्रामा जान्छ ।’