तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
११ भाद्र २०८१, मंगलवार १५:०७
काठमाडौं । मंगलबार तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै आज थ्री स्टार हाइड्रोपावर ९.८१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युत ४.८५ प्रतिशत, रिभर फल्स पावर ४.५७ प्रतिशत, ओरियन्टल होटल्स ३.५२ प्रतिशत र एनआईबीएल समृद्धि फण्ड–२ को ३.१३ प्रतिशतले शेयरमूल्य बढेको छ ।