माओवादी अध्यक्ष प्रचण्डद्वारा सत्ता कब्जा गर्ने उद्घोष, सरकारलाई जनतासँग माफीमाग्न आह्वान
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धनसँग आगामी दिनमा सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर बोल्दै वर्तमान सरकार माफियाको सेवामा लागि परेको आरोप लगाउँदै माओवादीले नयाँ संघर्ष र आन्दोलनमा जानसक्ने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर गरेको सम्बोधनले नेपालको राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष प्रचण्डले विशेष समय लिएर बोल्दै कांग्रेस र एमालेले आगामी दिनमा नयाँ सरकार गठनको माग गर्दै माओवादीको दैलोमा नआउन समेत आह्वान गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई चेतवानी दिँदै जनताको मनोभावना अनुसार काम नगरे नयाँ आन्दोलन र नयाँ अभियान अघि बढाउने चेतवनी दिएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै अध्यक्ष प्रचण्डले अर्थपूर्ण भाषण गरेका छन् ।
सत्ताबाट बाहिरिएको केही समयपछि नै प्रचण्डले अर्थपूर्ण भाषण दिएर २०५२ साल सम्झाएका छन् । अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घटना स्मरण गराउँदै संख्या र बहुमतको घमण्ड नगर्न चेतावनी दिएका छन् । विद्युत प्राधिकरण र विद्युत बक्यौताको विषयमा सबैभन्दा धेरै समय खर्च गरेका प्रचण्डले वर्तमान सरकारलाई माफिया, दलालसँग मिलेर जनताविरुद्ध गरिने षडयन्त्रको चिरफार गरेरै छोड्ने उद्घोष गरेका छन् ।
सामाचार जस्ताको त्यस्तै छ । धन्यवाद ।