छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

११ भाद्र २०८१, मंगलवार १३:३९

काठमाडौं । पछिल्लो समय चाडपर्व र उत्सव आदि मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच चितवनमा आफ्नी छोरीको जन्मदिनको अवसरमा बुवाले बीमा पोलिसी उपहार दिएका छन् ।

कम्पनीका अनुसार छोरी अनन्या लामाको जन्मदिनमा हाल यूकेमा बस्दै आएका बुवा विधेक लामाले अभिकर्ता अनु कुमारी महतो मार्फत रिलायबल नेपाल लाइफको हाकिम चोकसँग सहकार्य गरी ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ पोलिसी उपहार स्वरूप दिएका हुन् ।

हाकिम चोक शाखा प्रमुख राज कुमार दाहालले अनन्या लामाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दै बीमा पोलिसी हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा वरिष्ठ एजेन्सी मेनेजर संजय शाहीको समेत उपस्थिति रहेको थियो ।

चाडपर्व तथा उत्सव आदिमा अन्य महंगा र क्षणिक रमाईलोको लागि उपहार दिनुको सट्टा भविष्यका लागि अपरिहार्य जस्तै बनिसकेको बीमा पोलिसी उपहार दिनु उत्तम बिकल्प भएको बीमा जानकारहरू बताउँछन् । बद्लिदो परिवेशसँगै अचेल अन्य बमुमूल्य उपहारका सट्टा बीमा पोलिसी उपहार दिएको उदाहरण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*