नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ पोखरेलको कार्यकाल सकिँदै, नयाँ आवेदन अझै खुलाएन
११ भाद्र २०८१, मंगलवार १२:४१
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ इश्वर पोखरेलको समयाअवधि सकिदैछ । पोखरेलको कार्यकाल सकिन चार दिन बाँकि हुँदा पनि कम्पनीले अझै आवेदन भने खुलाएको छैन ।
पोखरेलको कार्यकाल भदौ १५ गतेबाट पदावधि सकिने भएको हो । बैंक तथा वित्तिय संस्थामा २६ बर्ष लामो समय अनुभव बोकेको पोखरेलको नेपाल इन्स्योरेन्स बीमा क्षेत्रमा पहिलो अनुभव बटुलेको कम्पनी पनि हो ।
डेपुटी सिईओको कार्यकाल थप गर्न संचालकमा सहमती भए उनी नै दोहरिन पनि सक्नेछन् । डेपुटी सिईओको चार बर्षे कार्यकाल हुन्छ । यदि संचालकले चाहेमा एक कार्यकाल थप गर्न पाउने समेत प्रावधान रहेको छ।